गुल्मी जिल्ला मै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव हुने
गुल्मी जिल्ला को मालिका गाउँपालिकामा जिल्लामै पहिलो पटक प्याराग्लाइडिङ महोत्सव हुने भएको छ ।
मालिका गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुराउने उद्देश्यले प्याराग्लाइडिङको आयोजना गरिएको मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले जानकारी दिएका छ्न ।
मालिका गाउँपालिकाको आर्थिक सहयोग तथा अर्खबाङ बजार व्यवस्थापन समितिको सहकार्यमा महोत्सवको आयोजना गरिएको बजार व्यवस्थापन समितिका अध्यक्ष बसन्त अर्यालले बताए । महोत्सव फाल्गुन १२ गतेदेखि सुरु भएर फाल्गुन २७ गते सम्म चल्नेछ । मालिका गाउँपालिकाको वडा नम्बर चारको देउराली डाडा बाट हुने उडान बाट बाट मालिका गाउँपालिका संगै मदाने गाउपालिका र अन्य यस क्षेत्रका पर्यटकिय संगै धार्मिक स्थलको अवलोकन गर्न सकिने छ । परिक्षण अबस्थामा रहेको प्याराग्लाइडिङको शुल्क प्रती व्यक्ति दुई हजार तोकिएको छ । केहि समय अघि मात्र देउराली डाडा बाट गाउँपालिकाले प्याराग्लाइडिङको सफल परिक्षण गरेको थियो ।
यो समचार हामिले गुल्मी अपडेट डट कम बाट लिएका हौ