मेयर कप राष्ट्रिय क्रिकेट को खेल तालिका सार्बजनिक

आगामी फाल्गुण २२ गते देखि सुरु हुने मेयर कप राष्ट्रिय क्रिकेट टुर्नामेन्ट को खेल तालिका सार्बजनिक भएको छ । नेपाल क्रिकेट संघ क्यान ले एक बिज्ञप्ति जारी गर्दै खेल तालिका सार्बजनिक गरेको हो । राउन्ड रोबिन को आधारमा हुने प्रतियोगिता अन्तर्गत कुल ११ खेल हुने छ्न । जस मा फाइनल सहित ७ खेल टि यु क्रिकेट मैदानमा हुने छ्न भने बाकी ४ खेल मुलपानी क्रिकेट मैदान मा संचालन हुने छन । प्रतियोगिता को उद्घाटन खेल मा त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब बिच प्रतिस्पर्धा हुने छ । त्यसै २२ गते नै हुने अर्को खेलमा नेपाल पुलिस क्लब र बाग्मती प्रदेश बिच खेल मुलपानी मा हुने छ । काठमाडौं महानगरपालिका को आर्थिक सहयोग मा हुन लागेको प्रतियोगिता मा कुल ५ टिम सहभागी हुने छ्न । प्रतियोगिता को बिजेता र उपबिजेता ले पाउने रकम भने अहिलेसम्म खुलाइएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments