बढ्यो फुटबल खेलाडीको तलब,पुरुष र महिलाको समान १८ हजार

नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि भएको छ ।बिहीबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो ।

एन्फा कार्यसमितिले महिला र पुरुष टोलीका खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ।यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए ।

एन्फाभित्र खेलाडीको तलब बढाउने पर्ने माग पदाधिकारीले नै राख्दै आएका थिए । यस्तै, फिफा रेफ्रिको तलब ६ हजारबाट बढाएर १० हजार बनाउने निर्णय  एन्फा कार्यसमितिले गरेको छ । कर्मचारीको तलबका विषयमा भने अझै कार्यलद गठन गरी टुङ्ग्याउने एन्फाले बताएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments