मैत्रीपुर्ण खेल खेल्न नेपाल आइपुग्यो भारतीय फूटबल टिम

नेपालसँगको मैत्रीपूर्ण फुटबलका लागि भारतीय फूटबल टोली आज नेपाल आइपुगेकाे छ । कप्तान सुनिल क्षेत्री सहित को २५ सदस्यीय भारतीय टोली आज अपरान्ह काठमाण्डौ आइपुगेकाे हो ।

नेपाल र भारतले यही भदौ १७ र २० गते अर्थात् आउँदो बिहीवार र शनिवार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछन् । असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपाल र भारतबीच अहिलेसम्म १९ वटा खेल भएकोमा भारतले १३ खेलमा जित हासिल गरेको छ । नेपाल दुई खेलमा मात्र विजयी भएको छ भने चार खेलमा बराबरी मा सकिएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments