नेपाल द्वारा नेदरल्यान्डस लाई २०७ रनको बिशाल लक्ष्य प्रस्तुत

ट्राइ नेसन्स टी ट्वान्टी सिरिज अन्तर्गत नेपाल ले नेदरल्यान्डस लाई रनको लक्ष्य दिएको छ । टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल ले २० ओभरमा ६ विकेट गुमाउदै २०६ रन बनायो । नेपाल को लागि बिश्व कीर्तिमान कायम गरेका कुशल भुर्तेल ले सर्बाधिक ६४ रनको योगदान दिए । उनको यो लगातार तेस्रो अर्धशतक हो । त्यसबाहेक दीपेन्द्र सिंह ऐरी ले ६० तथा कप्तान ज्ञानेन्द्र मल्ल ले २० रन तथा कुशल मल्ल ले १८ र सोमपाल कामी ले नट आउट २१ रन बनाए । बलिङ तर्फ नेदरल्यान्डस का पिटर सिलर ले २ विकेट हात पारे अब २०७ रनको लक्ष्य लिएर नेदरल्यान्डस ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments