दोस्रो एकदिबसिय क्रिकेट मा इङ्ल्याण्ड को शानदार जित

भारत विरुद्ध को दोश्रो एकदिबशिय क्रिकेट मा पाहुना टोलि इङ्ल्यान्ड ले शानदार जित हात पारेको छ । भर्खरै सकिएको खेल मा इङ्ल्यान्ड ६ विकेट ले बिजयी भयो । भारत ले दिएको ३३७ रनको विशाल लक्ष्य लिएर जबाफी ब्याटिङ गरेको इङ्ल्यान्ड ले ४३ ओभरमा ४ विकेट गुमाउदै उक्त लक्ष्य पूरा गर्यो । इङ्ल्यान्ड को लागि विकेट किपर ब्याट्सम्यान जोनि ब्यास्ट्रो ले १२४ रनको उत्कृष्ट पारी खेले भने त्यस्तै बेन स्टोक्स ले ९९ रन बनाए । यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको भारत ले ५० ओभरमा ६ विकेट गुमाउदै ३३६ रन बनाएको थियो । भारत को लागि के एल राहुल ले सर्बाधिक १०८ रन बनाएका थिए । भने रिसब पन्त ले ७७ तथा कप्तान बिराट कोहोली ले ६६ रन बनाए । यो खेल संगै ३ म्याच को शृङ्खला १-१ को बराबरिमा पुगेको छ । पहिलो एकदिबशिय मा भारत ६६ रनले बिजयी भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments