विश्वभर फेसबुक म्यासेन्जरमा समस्या

विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या देखिएको छ । आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन् ।

बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डाउन भएका हुन् । डाउन डिटेक्टरले जिएमटी अनुसार ९ बजेदेखि यी २ सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ ।डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको समस्या भएको बताइएको छ ।

म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको बताइएको छ ।३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments