भायानेटले ल्याउदै छ सबैभन्दा सस्तो मुल्यमा १७५ एम.बि.पियसको अल्ट्राफाइ प्लान

भायानेटले मङ्सिर २३ गते अल्ट्रा-फाइ प्लान लन्च गर्दै छ जसमा १७५ एम.बि.पियस को ईन्टरनेट र टिभी प्लान रहने छ । उक्त प्लान अहिले सम्म कै सस्तो मुल्यमा उपलब्ध हुने कम्पनीको दाबी छ । ग्राहकहरूले यसको भरपुर फाइदा उठाउनेमा कम्पनी बिस्वस्थ छ ।

यस संगै भायानेटले नोकिया र सि-डेटा जस्ता ग्लोबल ब्रान्ड सँग मिलेर अल्ट्रा-फाइ प्लान संसंगै डुअल ब्यान्ड ओ.एन.यु–अप्टिकल नेट्वर्क युनिट पनि दिने छ । जसले गर्दा ग्राहकलाई दिइएको उच्च ईन्टरनेट स्पीड ग्राहक लाई भरपुर आउने कम्पनीले बताएको छ ।

काम, खेल र विद्यालयका लागि आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकताहरू पूरा गर्न उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू उपलब्ध गराउने उद्देश्यका साथ भायनेटले अधिकतम उपयोगि इन्टरनेट योजनाहरू ल्याउदै छ । जसले आफ्ना प्रयोगकर्ताहरूलाई सबैभन्दा कम मूल्य मा उच्चतम इन्टरनेट स्पीड दिने योजना राखेको छ ।

भायनेट कम्युनिकेसन्स प्रा.लि. नेपालको अग्रणी इन्टरनेट र आईपीटीभी सेवा प्रदायक मध्ये एक हो । सन् १९९९ मा स्थापित, भायनेट सधैं भरपर्दो र किफायती ब्रोडब्यान्ड इन्टरनेट सेवाहरू प्रदान गर्न अग्रभागमा आउँछ । सन् २०११  मा, भायनेटले नेपालमा ग्राहकहरूलाई उच्च-गतिको विश्व स्तरीय इन्टरनेट प्रदान गर्ने फाइबर अप्टिक्स इन्टरनेट (FTTH) सेवाको सुरुवात गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments