नेपाली क्रिकेट टिम को अविश्वसनिय सफलता र अबको चुनौती
सिंगो देश नेपाल फेरि एकपटक क्रिकेटमय भएको छ । सानोतिनो चिया पसल देखि लिएर पाच तारे होटेल मा पनि अहिले कुनै एक टपिक मा कुरा हुन्छ भने त्यो हो नेपाली क्रिकेट। चैत्र २ गते संयुक्त अरब इमिरेट्स (युएई )लाई डक वोर्थ लुइस पद्धति मा ९ रनले पराजित गर्दै आइसीसी बिश्व क्रिकेट लिग डिभिजन दुई मा अबिस्वस्निय रुपमा तेस्रो स्थान हासिल गर्दै नेपाल ले आगामी जुन मा हुने जिम्बाब्बे को टिकट सुरक्षित गरेपछि देश मा क्रिकेट को चर्चा फेरि एकाएक बढेको हो ।

पछिल्लो १२ खेलमा ११ मा जित हात पार्दै नेपाली क्रिकेट टिम ले असम्भव देखिएको कामलाइ सम्भब बनायो । सन २०१४ मा बाङ्लादेश मा सप्पन्न भएको टि ट्वान्टी बिश्वकप खेलेपछी बिस्तारै धर्मराएको नेपाली क्रिकेट सन २०१८ मा एकदिबसीय मान्यता पाएपछि फेरि लय समातेको थियो , त्यस्तै गरि अहिले त्यसको ठिक पाच बर्ष पछि सिङ्गो मुलुक क्रिकेट मय भएको हो ।

सन २०१८ बाट सुरु भएको ७ राष्ट्र सम्मीलित बिश्व क्रिकेट लिग डिभिजन २ अहिले २०२३ मा आएर सकिदा नेपाल ले तेस्रो स्थान हात पार्यो । यो क्रममा नेपाल ले । हरेक दृस्ठिकोण बाट नेपाल को लागि यो सिरिज ऐतिहासिक रह्यो । यो सिरिज मा भएका केही महत्त्वपूर्ण पक्ष लाई हामिले केलाउने प्रयास गरेका छौ ।
१. नेपाल को अबिस्वस्निय पुनारागमन
आज भन्दा ठिक एक महिना अघि नेपाली क्रिकेटको अवस्था यस्तो थियो कि नेपाल ले उत्कृष्ट ३ मा पर्दै आइसीसी ग्लोबल क्वालिफायर त के नेपाल को पाएको एकदिबसिय मान्यता नै गुम्ने खतरा थियो । आफुले खेलेको २४ खेलमा जम्मा १८ पोइन्ट को साथ लिग तालिका को छैटौं स्थान मा रहेको नेपाल को स्थिति निकै नाजुक देखिन्थ्यो तर नेपाली पात्रो अनुसारको फाल्गुन महिना नेपाली क्रिकेटलाई बर्दान साबित भयो भन्दा फरक पर्दैन ।

१२ खेल खेल्न बाकी हुदा नेपाल लाई अन्क तालिका को तेस्रो स्थान मा आउन ११ वटा खेलमा स्पष्ट जितको आबस्यकता थियो । सर्सर्ती हेर्दा यो काम असम्भव नै हो । तर मोन्टी देशाइ को नेतृत्व मा रहेको युबा नेपाली क्रिकेट टिम ले असम्भव काम लाई सम्भब गराएर देखाइदियो र आगामी जुन जुलाइ मा जिम्बाब्बे मा हुने आइसीसी ग्लोबल क्वालिफायर मा आफ्नो स्थान सुरक्षित गर्यो । १० टिम सम्मीलित ग्लोबल क्वालिफायर जहाँ नेपाल को भेट आइसीसी को टेस्ट मान्यता रहेको टिम संग हुनेछ । यो ग्लोबल छनोट प्रतियोगिता नेपाली क्रिकेट को लागि अनुभव बटुल्ने ठूलो मौका हुनेछ ।

२, कुशल कप्तान रोहित
नेपाल को कप्तान अहिले २१ वार्षिय रोहित पौडेल छ्न । तत्कालीन कप्तान सन्दिप लामिछाने लाई किशोरी बलात्कार को आरोप लागेपछि उनलाइ निलम्बन गर्दै नेपाल क्रीकेट संघ क्यान ले रोहित लाई कप्तान को जिम्मेवारी दिएको थियो । क्यान को उक्त निर्णय मा रोहित निकै खरो रुपमा उत्रिए । उनको नेतृत्व मा नेपाल ले खेलेको १२ ओडिआइ मध्ये ११ खेलमा जित हात पार्दै इतिहास रच्न सफल भयो । खेलकुद यस्तो क्षेत्र हो जहाँ जित निकाल्न राम्रो खेलेर मात्र हुदैन भाग्य ले पनि साथ दिनुपर्ने हुन्छ ।

यो बीचमा नेपाल र कप्तान रोहित लाई भाग्य ले पनि दरिलो साथ दियो । क्रीकेट मा टस को निकै ठूलो भुमिका हुन्छ , नेपाल का कप्तान रोहित ले १२ खेलमा ८ मा महत्त्वपूर्ण टस जिते । टस जित्नु भनेको खेल जित्नु त होइन तर नेपाल ले ती टस जितेको सबैजसो खेल नेपाल को पक्ष मा गयो । राष्ट्रिय टिम मा आफू भन्दा धेरै सिनियर खेलाडी हुदाहुदै कप्तान को जिम्मेवारी पाएका रोहित पौडेल ले आफुले पाएको जिम्मेवारी निकै कुशल तरिका निर्बाह गरे ।
नेपाली क्रिकेट टिम भित्र गुटबन्दी र चरम राजनीति छ भन्ने कुरा सबैलाई जगजाहेर नै छ तर रोहित कप्तान मा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिम मा गुटबन्दी को गन्ध कहि कतैपनी देखा नपर्नु र पूरा टिम एकजुट भएर खेल्नु ले रोहित कति कुशल र भरर्पर्दो कप्तान हुन भन्ने कुरा प्रस्ट हुन्छ ।

३. मोन्टी देशाइ को आगमन
डिभिजन २ को सिरिज भरी नेपाल क्रिकेट संघ क्यान ले ४ प्रशिक्षक र ३ कप्तान परिबर्तन गर्न पर्यो , भारतीय प्रशिक्षक मोन्टी देशाइ लाई नेपाल क्रिकेट संघ क्यान ले माघ २३ गतेको दिन मुख्य प्रशिक्षक मा नियुक्त गरेको थियो ।
उनी प्रशिक्षक मा नियुक्त हुदा क्यान ले उनलाइ ओडिआए मान्यता जोगाउने मुख्य कार्यभार दिएको थियो , तर उनको नेतृत्व मा नेपाल ले अर्को ४ बर्ष को लागी ओडिआइ मान्यता मात्र होइन जिम्बाब्बे मा हुने आइसीसी ग्लोबल छनोट मै स्थान बनायो । नेपाल ले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ बर्ष भयो तर नेपाल को सबभन्दा कमजोर पक्ष ब्याटिङ रहदै आएको छ । तर मोन्टी देशाइ मुख्य प्रशिक्षक मा आएपछी नेपाली राष्ट्रिय टिम को परम्परागत ब्याटिङ पक्ष मा निकै सुधार देखिएको भान हुन थालेको छ ।

यसबीच मा नेपाल का दुबैजना ओपनर आशिफ शेख र कुशल भुर्तेल को ब्याट बाट शतक आउनुले पनि यो कुरालाइ थप पुष्ठि गर्छ । टेस्ट राष्ट्र बेस्ट इन्डिज को ब्याटिङ प्रशिक्षक र आइपिएल क्लब राजस्थान रोयल्स को प्रशिक्षक रहिसकेका देशाइ को एउटा भनाइ खुब चर्चित छ जुन हो “ह्याप्पी ड्रेसिङ रूम” अर्थात “सम्पुर्ण टिम मा भएका सदस्य बिच हुनुपर्ने सौहार्द पुर्ण एकता र स्वस्थ बाताबरण ” त्यसैले यस्ता भिजनरी कोच को आगमन नेपाली क्रिकेट को लागि निकै ठूलो सफलता हो ।

सन २०१२/१३ तिर १९ बर्ष मुनिको टिम को मेन्टर को रुपमा नेपाल आएका मोन्टी को नेतृत्व मा नेपाल को १९ बर्ष मुनिको टिम ले भारत को टिम लाई हराएको थियो । मोन्टी लामो समय देखि नेपाल को क्रिकेट लाई नजिक बाट नियाली रहेका ब्याक्ती मध्य एक हुन । त्यसैले उनको नेतृत्व मा नेपाल ले छोटो समय मै नेपाली टिमको लोभलाग्दो प्रदर्शन गरे संगै नेपाल फ्यान हरु अहिले दङ्ग छ्न ।
ग्लोबल क्वालिफायर मा पुगेसङै अब मोन्टी को अगाडी थप चुनौती हरु को चाङ लाग्ने कुरामा कुनै दुइमत छैन । अन्तर्राष्ट्रिय क्रिकेट मा निकै लामो अनुभव बटुलेका मोन्टी ले नेपाल क्रिकेटलाई अझ कसरी अगाडि बढाउने छ्न त्यो निकट भबिस्य ले बताउने नै छ ।
४. सन्दिप लामिछाने को दमदार पुनारागमन
किशोरी बलात्कार जस्तो जघन्य अपराध को आरोप लागेका सन्दिप लामिछाने को लागि यो कमब्याक मानसिक र शारीरिक रुपमा निकै चुनौतीपूर्ण थियो । बलात्कार आरोप मा ४ महिना भन्दा बढी प्रहरी हिरासतमा बिताएपछि अदालत बाट धरौटी मा रिहा भएका सन्दिप ले राष्ट्रिय टिम मा फर्किएपछि १० खेलमा २३ विकेट लिन सफल भए भने उनको आगमन ले गर्दा राष्ट्रिय टिम को प्रदर्शन मै महत्त्वपूर्ण भुमिका खेल्यो ।

आइसीसी डिभिजन २ मा सर्बाधिक विकेट लिने सुचिमा ३० खेलमा ७२ विकेट को साथमा सन्दिप दोस्रो नम्बर मा रहे भने नेपाल का लागि एकदिबसिय क्रिकेट मा सर्बाधिक विकेट उनकै नाममा रहेको छ ।
नेपाल को लागी ४१ खेलमा ९९ ओडिआइ विकेट लिइ सकेका लामिछाने ले अब बाकी २ खेलमा १ विकेट लिए अन्तर्राष्ट्रिय एकदिबशिय क्रिकेट मा सर्बाधिक छिटो १०० विकेट लिने खेलाडी बन्ने छ्न , अहिलेसम्म यो रेकर्ड अफगानिस्तान का रासिद खान को नाममा रहेको छ । फौजदारी मुद्दामा जेल जिबन बिताएर फर्किएको केही दिन मै यो किसिमको उच्च प्रदर्शन ले उनि निकै क्षमता वान खेलाडी हुन भनेर आफैले प्रमाणिात गरेका छ्न ।

५. अब का चुनौती र सम्भावना
पछिल्लो केही बर्ष मा एसोसिएट क्रिकेट पनि टेस्ट राष्ट्र जस्तै निकै प्रतिस्पर्धात्मक हुँदै गएको छ । यसैपनि एसोसिएट राष्ट्र लाई माथिल्लो तहमा पुग्न को लागि आफुले खेल्ने लगभग सबै खेल जित्न पर्ने दबाब हुन्छ । अब नेपाल पनि यस्तै आफुले खेलेको हरेक खेल जित्नुपर्ने अबस्थामा आइपुगेको छ । आगामी जुन/ जुलाई मा जिम्बाब्बे मा हुने आइसीसी ग्लोबल क्वालिफायर मा छनोट भएसङै नेपाली क्रिकेट टिम पनि निकै चुनौतीपूर्ण अबस्थामा आइपुगेको छ ।

अब नेपाल को प्रतिद्वन्दी एसोसिएट मात्र होइन टेस्ट मान्यता प्राप्त राष्ट्र हुनेछ्न । जहाँ नेपाल को भेट दक्षिण अफ्रिका , श्रीलन्का , जिम्बाब्बे तथा आयरल्यान्ड जस्ता बिश्व क्रिकेटका उत्कृष्ट मुलुक सङ क्रिकेट खेल्नुपर्ने हुन्छ । १० टिम सम्मीलित ग्लोबल क्वालिफायर बाट मात्र २ टिम ले मात्र भारत मा हुने बिश्वकप मा सहभागी हुन पाउनेछ्न ।
यस्तो अबस्थामा निकै कमजोर खेल पुर्बाधार र सिमित सेवा सुबिधा मा खेल्ने नेपाल जस्ता देशलाइ यो बाटो फलामको चिउरा चपाउनु जस्तै हो । त्यसैले गर्दा ग्लोबल क्वालिफायर मा पुग्नु नै नेपाल को लागि बिश्वकप खेल्नु बराबरको सफलता माने खासै फरक पर्दैन ।
