टि टेन लिग मा सोमपाल को टिम को बिजयी सुरुवात सोमपाल भने विकेट बिहिन

आज देखि सुरु भएको अबुधाबी टि टेन लिग मा नेपाली तिब्र गतिका बलर सोमपाल कामी आबद्ध टिम माराथा अरबियन्स ले बिजयी सुरुवात गरेको छ । यु ए इ को अबुधाबी मा नर्दन वारियर्स ले दिएको १२८ रन को लक्ष्य मारथा अरबियन्स ले अन्तिम बल् मा पूरा गर्यो । माराथा को लागि अब्दुल शाकुर ले २८ बल मा ७३ रन को बिस्पोटक पारी खेले । यश अघि नर्दन वारियर्स ले १० ओभरमा २ विकेट गुमाएर १२७ रन बनाउन सफल भएको थियो । बलिङ तर्फ नेपाली बलर सोमपाल कामी ले २ ओभरमा २८ रन खादै विकेट बिहिन रहे । उनको पहिलो ओभरमा एउटा क्याच छुटेको थियो । पहिलो ओभरमा १ छक्का सहित ८ रन मात्र खाएका उनले अन्तिम ओभरमा २० रन खर्चन पुगे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments