समूह बिजेता हुँदै रियल अन्तिम सोर्ह मा
स्पानिस जायन्ट रियल मड्रिड समूह चरणको अन्तिम खेल जित्दै युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
फ्रेन्च स्ट्राइकर करिम बेन्जामा को दुई गोल को मद्दत मा जसरी पनि जित्नैपर्ने खेलमा रियलले जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकलाई २-० ले पराजित गरेको हो । रियल को घरेलु मैदान सान्टियागो बर्नबाउ मा भएको खेलमा बेन्जामाले दुवै गोल पहिलो हाफमा गरे ।

नवौं मिनेटमा पहिलो गोल गरेका उनले ३२औं मिनेटमा ब्याक्तिगत दोस्रो गोल गरे गरे जितपछि ६ खेलबाट १० अंक जोड्दै रियल समूह बीको विजेता बन्यो । अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्क र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेलेपछि पनि रियललाई फाइदा पुगेको हो।
रियलसँग पराजित भए पनि ६ खेलबाट ८ अंक जोडेको मोन्चेनग्लाडबाक समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ। मोन्चेनग्लाडबाक आफ्नो क्लब इतिहासमै पहिलोपटक च्याम्पियन्स लिग को नक आउट चरण मा प्रवेश गरेको हो ।
समान ८ अंक नै जोडेको साख्तर भने हेड टु हेडमा मोन्चेनग्लाडबाकसँग पछि पर्दै समूह चरणबाटै बाहिरियो । ६ अंक जोडेको इटालियन क्लब इन्टर चौथो हुँदै समूह चरणबाट बाहिरियो।