बराबरीमा रोकियो युनाईटेड र चेल्सी, लिभरपुलको जीत

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र चेल्सीको खेल गोलरहित बराबरी भएको छ । शनिबार राति भएको खेलमा युनाईटेड र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाढेका छन् ।

युनाईटेडका स्ट्राइकर एडिनसन काभानीले चेल्सीविरुद्धको खेलबाट डेब्यु गरे । फ्रेन्च क्लब पीएसजीबाट आएका उनी ड्यानियल जेम्सको स्थानमा ५८औं मिनेटमा मैदान प्रवेश गरेका थिए।

ओल्ड ट्राफोर्डमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा अंक बाढ्नु परेको हो ।बराबरीसँगै युनाईटेडले ६ खेलमा ८ अंक जोडेको छ । युनाईटेड तालिकाको ११औँ स्थानमा रहेको छ ।चेल्सीले ६ खेलमा ९ अंक जोडेको छ । चेल्सी तालिकाको छैठौँ स्थानमा रहेको छ ।

त्यस्तै इंग्लिस प्रिमियर लिग कै अर्को खेलमा साबिक विजेता लिभरपुलले शेफिल्ड युनाईटेड माथी जीत हासिल गरेको छ । लिभरपुलले शेफिल्ड युनाईटेड लाई २-१को गोल अन्तरले हराउन सफल भएको हो। लिभरपुलको जीतमा रोबर्टो फिर्मिनो र डियागो जोटाले एक एक गोल गरे । जीत संगै लिभरपुल १३ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments