बार्सिलोना को धुलाइ गरेको पिएसजि आफ्नै घर मा पराजित

फ्रेन्च लिग वान अन्तर्गत गएराती सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पियसजी ) मोनाको संग २-० ले पराजित भएको छ । केही दिन अघि मात्र युरोपेली च्याम्पियन्स लिग मा बार्सिलोना लाई उसकै घर मा ४-१ ले हराउदै चर्चा बटुलेको पिएसजी आफ्नै घरेलुु मैदानमा मोनाको संग २-० ले स्तब्ध भयो । मोनाको को जितमा सोफाइन डियोप र गुलर्मो मारिपान ले १/१ गोल गरे । यो हार पछि पिएसजी २६ खेलबाट ५४ पोइन्ट को साथ लिग वान तालिका को तेस्रो स्थान मा रहेको छ । समान खेल खेलेको लिले लिग वान को शिर्ष स्थानमा छ भने लियोन दोश्रो स्थान मा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments