चेल्सी र वोल्भ्स भिड्दै
इङलिस प्रीमियर लिग अन्तर्गत आज राती हुने खेलमा चेल्सी र वोल्भ्स भिड्दै छ्न । १२ खेल बाट २२ अङ्क को साथ लिग तालिका को ५ औं स्थान मा रहेको चेल्सी र समान १२ खेल बाट १७ अङ्क साथ तालिका को १२ औं स्थान मा रहेको वोल्भ्स को बिच खेल हुन लागेको हो। १७ खेल मा अपराजित रहेको चेल्सी अघिल्लो शनिवार एभर्टन को हात बाट पराजित भएको थियो ।
पछिल्लो समय आफ्ना केही महत्त्वपुर्ण खेलाडी चोट को कारण ले मैदान बाहिर हुदा चेल्सी लाई ठुलो समस्या देखिदै आएको छ । घाइते भएर केही हप्ता देखि मैदान बाहिर रहेका चेल्सी का १० नम्बरे खेलाडी क्रीस्चियन पुलिसिच आज खेल्ने सम्भावना रहेको कारण ले चेल्सी का मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्ड ले केही राहत महसुस गरेका छ्न ।
यी दुई क्लब को पछिल्लो नतिजा हेर्दा सन २०१० देखि यता वोल्भ्स ले चेल्सी लाई कुनै पनि खेल मा हराउन सकेको छैन। वोल्भ्स को घरेलु मैदान मा हुने खेल नेपाली समय अनुसार राती ११:४५ मा सुरु हुने छ।