सिटी इतिहासमै पहिलोपटक फाइनलमा

इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको सेमिफाइनलको दोस्रो लेगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २-० ले पराजित गर्दै समग्रमा ४-१ को जितसँगै सिटी क्लब इतिहासकै पहिलो पटक फाइनल प्रवेश गरेको हो । सिटीको जितमा दुवै गोल रियाद माहरेजले गरे । उनले दुवै हाफमा १-१ गोल गरेका थिए । खेलको दोस्रो हाफमा पिएसजीका एन्जल डी मारियाले रातो कार्ड प्राप्त गरेपछि पिएसजी १० खेलाडी मा समेटिएको थियोे । सिटीले अब फाइनलमा चेल्सी र रियल म्याड्रिडको बुधबार हुने दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्नेछ । फाइनल टर्की को राजधानी इस्तानबुल मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments