युभेन्टसको जित , बार्सिलोना पराजित

इटालियन क्लब युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिगको मंगलबार राति समूह ‘जी’ को खेलमा बार्सिलोनालाई ३–० ले हराएको छ । बार्सिलोनाको घरेलुु मैदान नोउ क्याम्पमा भएको खेल मा युभेन्टस को जित मा कृस्टियानो रोनाल्डो नायक भए ।

उनले पेनाल्टी मार्फत २ गोल गरे भने वेस्टन मेकेनी ले १ गोल गरे । बार्सिलोना ले दोश्रो हाफ मा केही राम्रा मौका पाएपनि त्यसलाइ सदुपयोग गर्न सकेन र हार बेहोर्न बाध्य भयो। यो जितपछि युभेन्ट्स समूह जि को शीर्ष स्थानमा पुगेको छ।दुवै टिमको समान १५ अंक भए पनि युभेन्ट्स ‘हेड टु हेड’ मा अगाडि रहेको हो ।

यस्तै समूह एच को अर्को खेल मा इङलिस क्लब म्यान्चेस्टर युनाईटेड लाई ३-२ गोल अन्तर ले हराउदै जर्मन क्लब आर बि लेपजिग पनि अर्को चरण मा प्रबेश गर्यो । यो हार संगै म्यान्चेस्टर युनाईटेड भने ग्रुप को तेश्रो स्थान मा रहदै युरोपा लिग मा झरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments