ला लिगामा रियल म्याड्रिड र रियल भिल्लाडोलिड भिड्दै

स्पेनिस लिग ला लिगा अन्तर्गत आज बुधबार साविक विजेता रियल म्याड्रिड र रियल भिल्लाडोलिड भिड्दै छन्। रियल म्याड्रिडको एल्फ्रेडो डि स्टेफेनोमा हुने खेल नेपालि समय अनुसार राती १:१५ बजे सुरु हुनेछ

पहिलो खेलमा रियल सोसिडाडसित गोल रहित बराबरीमा रोकिएको रियल म्याड्रिड दोस्रो खेलमा बेटिसलाई पराजित गरेको थियो। यता भिल्लाडोलिड रियल सोसिडाड र सेल्टा भिगोसित बराबरी खेल्दा रियल बेटिससित पराजित भएको थियो।

म्याड्रिडको टोलिमा इडेन हजार्ड र मार्को एसेन्सियो फर्किएका छन्। त्यसैलेपनि रियल म्याड्रिडको अट्याक झन मजबुत देखिएको छ। अघिल्लो सिजन चेल्सीबाट म्याड्रिड भित्रीएका हजार्डले रियलको जर्सिमा खासै प्रभाव छोड्न सकेका छैनन्। अघिल्लो सिजन चोटका कारण थुप्रै खेल गुमाएका हजार्डको लागि यो सिजन विशेष रहनेछ।

मार्को एसेन्सियोपनि अघिल्लो सिजन चोटका कारण अन्तिम समयमा मात्र टिममा उपस्थित भएका थिए। गत सिजन उनले टोलिको लागि अन्तिम ९ खेलमा ३ गोल र १ एसिस्ट गरेका थिए।
रियल म्याड्रिड र रियल भिल्लाडोलिडबिचको अन्तिम ८ खेलमा ६ खेल म्याड्रिडले जितेको छ भने २ खेल बराबरीमा सकिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments