प्रदेश १ द्वारा कर्णाली प्रदेश लाई २१६ रन को लक्ष्य प्रस्तुत

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट मा प्रदेश १ ले कर्णाली प्रदेश लाई २१६ रन को लक्ष्य दिएको छ । किर्तिपुर स्थित टि यु क्रिकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २१५ रन बनाउन सक्यो ।

प्रदेश १ को लागि कप्तान सिद्धान्त लोहनी ले ६६ रन बनाउदा सुभान्कर उराउ ले ३६ मिनास थापा ले २५ रन बनाउन बाहेक अरु ले गतिलो प्रदर्शन गर्न सकेनन ।

बलिङ तर्फ कर्णाली का कप्तान रबिन्द्र जंग शाही ले सर्बाधिक ३ विकेट लिदा दिनेश अधिकारी र अनुज चुनारा ले २/२ विकेट लिए । अब २१६ रन को लक्ष्य लिएर कर्णाली ले केही बेर मा ब्याटिङ गर्ने छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments