बैंगलोरमाथि जित निकाल्दै दिल्ली शिर्ष स्थानमा
इण्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथी ५९ रनको सनदार जित दर्ता गरेको छ। दुबई अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा टस हारी पहिले ब्याटिङकोनिम्तो पाएको दिल्लीले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १९६ रन बनायो।

मोहमद सिराजको बलमा आउट हुनुअघी पृश्वले २३ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे।अर्का ओपनर शिखरले २८ बलमा ३२ रनको योगदान गरे। उनले ३ चौका प्रहार गरे। कप्ताम श्रेयस इएर ११ रन बनाउदै क्याच आउट भए। त्यसपछी ब्याटिङ गर्न आएका पन्त र स्टोनिसले चौथो विकेटको लागि ८९ रनको साझेदारी गरे।

पन्त २५ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३७ रन जोडेर आउट भए। स्टोनिसले २६ बलमा ३ चौका र २ छक्कासहित ५३ रन बनाएर नट आउट रहे। अन्त्यमा हेटमायरले ११ रन बनाए।
बैंगलोरको लागि सिराजले ४ ओभर बलिङ गर्दै ३४ रन खर्चेर २ विकेट लिए। मोइन अलि र उडानाको नाममा १-१ विकेट रह्यो। १९७ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले पूरा २० ओभरमा ९ विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो। बैंगलोरको लागि कप्तान विराट कोइली बाहेक अन्य कुनैपनी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। ओपनर देव्दत्त पडिक्कल ४ रन जोडेर आउट हुदा अर्का ओपनर १३ रन जोडेर आउट भए।

। त्यसपछि एबिडि भिल्लर्स ९ रन जोडेर नोर्तिजेको बलमा आउट भए। यस्तै कप्तान कोइली ३९ बलमा ४३ रन जोडेर रबडाको बलमा आउट भए। उनले २ चौका र १ छ्क्क प्रहार गरे। मोइन अलि ११ रन बनाएर आउट हुदा वासिङ्टन सुन्दर ११ बलमा ३ चौकाको मद्दतमा १७ रन जोडे। सिभम डुबेले ११, उडानाले १, नपदिप सैनीले १२, सिराज ५ रन जोडेर आउट भए।
कगिसो रबडाले ४ ओभर बलिङ गर्दै २४ रन दिएर सार्वधिक ४ विकेट लिए। यस्तै नोर्तिजेले र अक्सर पटेलले समान २ विकेट लिदा आश्विनको नाममा एक विकेट रह्यो। जितसँगै दिल्ली क्यापिटस्ल ८ अङ्क सहित शिर्ष स्थानमा रहेको छ। बैंगलोर भने ६ अङ्क साथ तेस्रो स्थानमा छ। आज हुने खेलमा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सको सामना गरेको छ।
