सनराइजर्सको लगातार दोस्रो हार

इन्डियन प्रिमियर लिग(आईपिएल) २०२० मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैरबादलाई ७ विकेटले हराउदै लिगमा पहिलो जित दर्ता गरेको छ। सेख जायद रंगशालामा भएको खेलमा हैराबाद टस जितेर पहिले ब्याटिङमा उत्रीएको थियो। उसले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १४२ रन बनायो।

रबादको लागि मनिस पाण्डेले ३८ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै सार्वधिक ५१ रन जोडे। ओपनर ब्रेस्ट्रो ५ रन बनाएर आउट हुदा अर्का ओपनर डेभिड वार्नरले ३० बलमा २ चौका र १ छक्काको मद्दतमा ३६ रन जोडे। यस्तै विकेटकिप्पर सहाले ३१ बलमा ३० रन जोडे। नाबी ११ रन र अविशेक शर्मा २ रनमा नटआउट रहे। कोलकाताको लागि प्याट कमिङ्सले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १९ रन दिएर १ विकेट लिए। चक्रवर्ती र रसेललेपनि १-१ विकेट लिए।

१४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले १८ ओभरमा ३ विकेटको क्षतिमा १४५ रन बनाई लक्ष्य पूरा गर्यो। कोलकाताको लागि ओपनर शुबमन गिलले उनले ६२ बलको सामना गर्दै ५ चौका र २ छक्काको मद्दतमा ७० रनको योगदान गरे। अर्का ओपनर नरायणले खाता खोल्न नसक्दा नितेश राना १३ बलमा २६ रन जोडि नतर्जनको बलमा आउट भए।

त्यसपछि ब्याटिङ गर्न आएका कप्तान दिनेश कार्तिक सुन्यमा आउट हुदा मोर्गानले २९ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोड्दै कोलकाताको जित सुनिश्चित गरे। सनराइजर्सको लागि खलिल अहमद, राशिद खान, नटार्जनले १-१ विकेट लिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments