काठमाडौं महानगरपालिका र क्यान बिच सम्झौता मेयर कप क्रिकेट हुने

काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यान बिच आज एक सम्झौता पत्र मा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार अब मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजनाको लागि मंगलबार काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार क्यानले आगामी चैतको मसान्त भित्र प्रतियोगिता आयोजना गर्नुपर्ने छ । यस्तै प्रतियोगिताको लागि काठमाडौं महानगरपालिकाले क्यानलाई ५० लाख आर्थिक सहयोग उपलब्ध गराउने छ । प्रतियोगिता कीर्तिपुरस्थित टियु मैदानमा एकदिबसिय फर्म्याट मा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments