त्रिभुवन आर्मी द्वारा बाग्मती प्रदेश लाई २३० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । राजधानी मा जारी प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिभागीय टोली त्रिभुवन आर्मी ले बाग्मती प्रदेशबीच २३० लाई रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा बाग्मती का कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गर्न आएको त्रिभुवन आर्मी ले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २२९ रन बनायो । आर्मी को लागि राजेश पुलामी मगर ले सर्बाधिक रन ६५ वनाउदा ले बिक्रम शोब ले ३३ रन को योगदान दिए ।

१७ रन मा ३ विकेट गुमाएर धर्मराएको आर्मी को ब्याटिङ लाई भिम सार्की र लोकेस बम को जोडि ले रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । भिम सार्की ४० रन मा आउट हुदा लोकेश बम ले २३ रनको योगदान दिए ।

५७ रनको साझेदारी गरेर उनिहरु आउट भएपछि राजेश पुलामी र बिक्रम शोब ले ९२ रन को शानदार साझेदारी गर्दा आर्मी गतिलो योगफल तिर लम्कीएको हो। त्यस अघि आर्मी का हरि चौहान ३ अनिल कुमार मन्डल २ र रोहित पौडेल शुन्य रन मै आउट भएका थिए ।

बलिङ तर्फ बाग्मती का गौतम केसि ले ५ विकेट लिए । अब २३० रनको लक्ष्य लिएर बाग्मती प्रदेश ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

यो खेलको विजेताले उपाधिका लागि एपीएफसँग खेल्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा एपीएफले बिभागीय प्रतिस्पर्धी नेपाल पुलिसलाई ३० रनले पराजित गरेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments