एर्भटनको बिजय यात्रा जारी

शनिबार ऐर्भटनको घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा एर्भटनले ब्राइटनलाई ४-२ गोल अन्तरले पराजित गर्यो । क‍ोलम्बियन मिडफिल्डर जेम्स रोड्रिगेजको उत्कृष्ट प्रदर्शनको मद्दत बाट ब्राइटनलाई पराजित गर्दै प्रिमियर लिग अंक तालिकाक‍ो शिर्ष स्थानमा उक्लिन सफल भयो ।

डोमिनिक कालर्भट लुइनले खेलको १६ औ मिनेटमा गोल गर्दै आफ्नो टोली खेलमा १-० को अग्रता दिलाउन सफल भए । पहिलो हाफको ४१ औ मिनेटमा ब्राइटनका निल माउपेले खेललाई १-१ को बराबरीमा लाए पनि तर पहिलो हाफको अन्तिम मिनेटमा आफ्नै कोलम्बियन समकक्षी रोड्रिगेजबाट पाएको उत्कृष्ट पासलाई गोल गर्दै ऐरी मिनाले एर्भटनलाई खेलमा २-१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ५१ औ मिनेटमा गोल गर्दै रोड्रिगेजले एर्भटनलाई खेलमा ३-१ को अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७१ औ मिनेटमा रोड्रिगेजले खेलमा ब्यक्तिगत दोस्रो गोल तथा एर्भटनको लागि चौथो गोल गरेपछि खेलमा एर्भटन खेलमा ४-१ ले अगाडि भयो र खेलको ९० औ मिनेटमा ब्राइटनका लागि बिसोम्माले सान्त्वना गोल गरेका थिए । खेल ४-२ गोलमा सम्पन्न भयो । ४ खेलमा १२ अंक हात पार्दै एर्भटन तालिकाको शिर्ष स्थानमा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments