त्रिभुवन आर्मी को पहिलो जित

राजधानी मा जारी मेयर कप राष्ट्रिय क्रिकेट मा त्रिभुवन आर्मी ले पहिलो जित दर्ता गरेको छ । मेयर ११ ले दिएको १५६ रनको लक्ष्य आर्मी ले २३ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

आर्मी को जितमा ओपनर सोमपाल कामी ८० रन को उत्कृष्ट पारी खेले । ५१ बलको सामना गरेका उनले ९ चौका र ६ छक्का को मद्दत ले ८० रन बनाए यस्तै कुशल मल्ल ले २३ रन बनाए भने कप्तान बिनोद भण्डारी ले अबिजित २० रनको योगदान दिए ।

यस अघि टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको मेयर ११ ले ४२ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको थियो । मेयर ११ को लागि सौरभ खनाल ले ४२ सन्दीप रजाली ले ३७ रन तथा खडक बोहोरा ले १९ रनको पारी खेलेका थिए ।

बलिङ तर्फ आर्मी का साहाब आलाम ले ४ विकेट लिए । ८० रनको उत्कृष्ट पारी खेलेको सोमपाल कामी म्यान अफ दि म्याच भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments