काठमाडौं मेयर ११ द्वारा बाग्मती प्रदेश पराजित

राजधानी मा जारी मेयर कप क्रिकेट मा मेयर ११ ले बिजयी सुरुवात गरेको छ । मुलपानी क्रीकेट ग्राउन्ड मा सम्पन्न खेलमा उसले बाग्मती लाई ९४ रनले हारायो ।

२४४ रनको लक्ष्य लिएर मैदान उत्रिएको बाग्मती १५० रनमै अल आउट भयो । बाग्मती का लागि पृथु बास्कोटा ले ६० रन बनाउनु बाहेक अरुले गतिलो रन हान्न सकेनन ।

बाग्मती लाई सस्तै मा समेट्न मेयर ११ का सन्दीप लामिछाने ले ३ बिपिन खत्री र अनिल खरेल ले २/२ विकेट लिए । यस अघि टस जितेर पहिलो ब्याटिङ गरेको मेयर ले ५० ओभरमा ९ विकेट गुमाउदै २४४ रन बनाएको थियो ।

खेलमा ४२ रन र ३ विकेट लिने सन्दीप लामिछाने म्यान अफ दि म्याच भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments