ज्ञानेन्द्र मल्ल,दीपेन्द्र सिंह ऐरी,रोहित कुमार पौडेलको कोरोना नेगेटिभ

केही दिन अघी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी अनी युवा ब्याट्स्मान रोहित कुमार पौडेलको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। जसकारण उनिहरुले हाल भईरहेको बन्द प्रशिक्षणमा सहभागी हुन पाएका थिएनन।

आज उनिहरुको दोस्रो कोरोना टेस्ट गरिएको थियो। दोस्रो टेस्टमा तिनै जनाको रिपोर्ट नेगेटिभ आएको छ। तिनै जना खेलाडीले आ आफ्नो रिपोर्ट नेगेटिभ आएको कुरा समाजिक सन्जाल मार्फत जनाएका छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments