नेपाल मा त्रिकोणात्मक क्रिकेट सिरिज हुने पक्का

नेपाल क्रिकेट संघ क्यान को आयोजनामा यहि वैशाख मा नेपाल नेदरल्यान्ड र मलेसिया बिच त्रिकोणात्मक सिरिज हुने भएको छ । टि यु क्रिकेट मैदान किर्तिपुर मा हुने खेल टि ट्वान्टी फर्म्याट मा हुने छ

नेपाल क्रिकेट संघ क्यान ले आज एक बिज्ञप्ती जारी गर्दै नेपाल नेदरल्यान्ड र मलेसिया बीच वैशाख ४ देखि ११ सम्म (१७ अप्रिल देखि २४ सम्म) उक्त सिरिज हुने जनाएको हो । सिरिज डबल राउन्ड रोविनको आधारमा हुने छ भने शीर्ष दुई मा रहेका टोली फाइनलमा पुग्ने छन् । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । नेपालले पछिल्लो पटक थाईल्यान्डमा इस्टन रिजन टि २० क्रिकेट प्रतियोगिता खेलेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments