रियल म्याड्रिड स्तब्ध, काडिज बिजयी

स्पेनिस ला लिगामा साविक विजेता रियल म्याड्रिडको अपराजित यात्रामा पूर्णविराम लागेको छ काडिजसँग म्याड्रिड आफ्नै घरेलु मैदानमा १–० ले पराजित भएको हो ।

काडिजको जितका लागि आन्थोनी लोजानोले निर्णायक गोल गरे । उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।

काडिजले रियल म्याड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो । रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो । घरेलु मैदानमा १२ खेलयता अपराजित रहेको म्याड्रिड पहिलो पटक पराजित भएको हो ।

हारका बाबजुद रियल अंक तालिकाको शीर्षस्थानमा छ । उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रो स्थानमा छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments