म्यान्चेस्टर सिटी को शानदार जित

ईंग्लिश प्रिमियर लिग मा म्यान्चेस्टर सिटी ले शानदार जित दर्ता गरेको छ । गएराती सम्पन्न खेल मा उसले लिभरपुल लाई उसकै घरेलु मैदानमा ४-१ ले हरायो । सिटी को जितमा गुन्डोगान ले २ तथा रहिम स्ट्रलिङ र फिल फोडेन ले १/१ गोल गरे । लिभरपुल का तर्फबाट मोहमद सलाह ले १ गोल फर्काए । डिफेन्डिङ च्याम्पियन लिभरपुल को घरेलुु मैदानमा यो लगातार तेस्रो हार हो । यो जित संगै सिटी ले २२ खेल बाट ५० पोइन्ट बनाउदै लिग को शिर्ष स्थान बलियो बनाएको छ । यो नतिजा संगै सिटी दोस्रो स्थान मा रहेको म्यान्चेस्टर युनाईटेड भन्दा ५ पोइन्ट ले अगाडी रहेको छ भने एक खेल खेल्न बाकी नै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments