क्यान र असन्तुष्ट राष्ट्रिय क्रिकेट खेलाडी बीच सहमति

नेपाल क्रिकेट संघ (क्यान) र असन्तुष्ट राष्ट्रिय क्रिकेट खेलाडीबीच सहमति भएको छ । आज आइतवार भएको सहमति अनुसार क्यानले सन्दिप लामिछाने लाई कप्तान मा यथावत राख्ने निर्णय सहित दुबै पक्ष बीच सहमति भएको छ भने यस्तै ज्ञानेन्द्र मल्ल , दिपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीमाथि गरिएको ६ महिने कारबाही भने फिर्ता हुने भएको छ ।

क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै क्यानले गएकाे मङ्सिर २९ मा कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान को जिम्मेवारी दिएको थियो । यस्तै चार जनालाई ६ महिना ग्रेडविहीन अवस्थामा राख्ने निर्णय भएको थियो ।

कप्तान परिवर्तन र खेलाडी कारबाहीको विषयलाई लिएर मल्लसहित कारबाहीमा परेका चार जना र अरू १४ जना खेलाडी आजदेखि सुरु भएको बन्द प्रशिक्षणमा गएका थिएनन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments