एट्लेटिको म्याड्रीड बिजयी , रियल बराबरिमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले गेटाफे लाई पराजित गरेको छ । स्टेडियो वन्डा मेट्रोपोलिटानोमा भएको खेलमा घरेलु टोली एटलेटिको मड्रिड गेटाफेमाथि १-० गोलअन्तरले जित निकालेको हो।

घरेलु टोलि को जितमा लुइस स्वारेजले निर्णायक गोल गरे। उनले यानिक कार्रास्कोको पासमा खेलको २० औं मिनेटमा गोल गरेका थिए।त्यस्तै गएराति नै भएको अर्को खेलमा रियल मड्रिड भने एल्चेसँग बराबरीमा रोकियो।

स्टेडियो म्यानुअल मार्टिनेज भालेरोमा भएको खेलमा रियल घरेलु टोलीसँग १-१ को बराबरीमा रोकिएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments