घरेलु मैदानमा चेल्सीको जीत

प्रिमियर लिग फुटबलमा चेल्सीको जीत भएको छ।

शनिबार राति घरेलु मैदानमा चेल्सीले लिड्स युनाईटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । खेलको सुरुवातमै प्याट्रिक बामफोर्डको गोलमा पाहुना टोली लिड्सले अग्रता लिएको थियो ।

रिस जेम्सले २७औँ मिनेटमा घरेलु टोलीलाई खेलमा फर्काए । डिफेन्डर जुमाले ६१औँ मिनेटमा चेल्सीलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीको जित निश्चित गरे ।

जितसँगै शीर्ष स्थानको चेल्सीको २२ अंक छ । लिड्स १४ अंकसहित १३औँ स्थानमा छ ।

त्यस्तै गए राती सम्पन्न खेलहरु मा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाईटेड विजयी भएको छ। एभर्टन भने बर्न्लीसँग १-१को बराबरीमा रोकिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments