प्रधानमन्त्री कप को बिजेता र उपबिजेता लाई दिने पुरस्कार सार्बजनिक

नेपाल क्रिकेट संघ क्यान ले राजधानीमा जारी प्रधानमन्त्री कप रास्ट्रीय पुरुष क्रिकेट को बिजेता र उपबिजेता लाई दिने पुरस्कार सार्बजनिक गरेको छ । आज बसेको क्यान बैठक ले उक्त निर्णय गरेको हो ।

क्यान को आजको निर्णय अनुसार यो सिजन को प्रधानमन्त्री कप को बिजेता टोलि ले १० लाख र उपबिजेता टोलि ले ५ लाख नगद पुरस्कार पाउने छ्न । यो पुरस्कार राशी गएको सिजन को भन्दा आधा कम हो ।

यस्तै प्रतियोगिता को म्यान अफ दि सिरिज ले नगद ५० हजार पुरस्कार पाउने छ भने सेमिफाइनल र फाइनलमा म्यान अफ दि म्याच हुने खेलाडी ले नगद ५ हजार पाउने छ ।

5 1 vote
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments