इङलिस क्रीकेट टिम ले १६ बर्ष पछि पाकिस्तान भ्रमण गर्ने

ईंग्लिश क्रीकेट टिम ले १६ बर्ष पछि पाकिस्तान को भ्रमण गर्ने भएको छ। क्रीकेट बोर्ड ले एक बिज्ञप्ती निकाल्दै उक्त जानकारी दिएको हो उसले सन २०२१ को अक्टोबर महिना मा पाकिस्तान भ्रमण गर्दा २ वटा टि ट्वान्टी खेल मात्र खेल्ने छ ।

एक कार्यक्रम मा बोल्दै पाकिस्तान क्रीकेट बोर्ड का प्रमुख वासिम खान ले ईंग्लिश पुरुष क्रीकेट टिम १६ बर्ष पछि आफ्नो देश को टुर मा आउने खबरले आफू एकदमै खुसि भएको प्रतिक्रिया दिए।

इङ्ल्याण्ड एन्ड वेल्स क्रीकेट बोर्ड का कार्यकारी प्रमुख टोम ह्यारिसन ले पनि ट्वान्टी ट्वान्टी वोर्ल्ड कप अगाडि आफ्नो देश ले पाकिस्तान टुर गराउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए सन २००९ मा श्रीलन्का को क्रीकेट टिम माथी आतंककारी आक्रमण भए पछि धेरै बिदेशी टिम ले पाकिस्तान को भ्रमण गर्न मान्दैनन उक्त आक्रमण पछि पाकिस्तान क्रीकेट टिम ले संयुक्त अरब इमिरेट्स को मैदान लाई आफ्नो घरेलुु मैदान मानेर क्रीकेट खेल्दै आएको थियो ।

तर पछिल्लो समय जिम्बाब्बे ,वेस्ट इन्डिज जस्ता देश ले सफलता पुर्बक पाकिस्तान भ्रमण गरिसकेका छ्न भने पाकिस्तान सुपर लिग खेल्न सबै देश बाट बिदेशी खेलाडी हरु पनि पाकिस्तान आउने गर्छन।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments