पोर्चुगल को सात गोल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पोर्चुगलले रबाफिलो जित निकालेको छ । नेपाली समय अनुसार आज राती सम्पन्न खेलमा पोर्चुगलले एन्डोरालाई आफ्नो घरेलु मैदानमा ७–० को फराकिलो अन्तरले हरायो ।

लिस्बन सहरस्थित इस्टाडियो डा लुुज रंगशालामा भएको खेलमा पोर्चुगललाई जिताउन ५ जना फरक फरक खेलाडीले गोल गरे भने १ आत्मघाती गोल उपहार स्वरूप पायो ।

यस खेलमा घाइते रहेका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो दोस्रो हाफमा मैदान छिरेर १ गोल गर्न सफल भए। अन्तर्राष्ट्रिय फुटबलमा करिअरको १०२औं गोल गर्न सफल भए । उनले खेलको ८५औं मिनेटमा हेडिङमार्फत् सो गोल गरेका थिए ।

यस्तै अन्य खेल मा बेल्जियम ,जर्मनी, इटाली, पोल्यान्ड ले आफ्नो आफ्नो खेल मा जित हात पार्दा बिश्व बिजेता फ्रान्स भने फिनल्यान्ड को हात बाट २-० को अप्रत्याशित हार बेहोर्न बाध्य भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments