पाकिस्तान बिरुद्ध को टेस्ट श्रृङ्गखला न्युजिल्याण्ड द्वारा ह्वाइटवास

पाकिस्तानविरुद्धको दुई खेलको टेस्ट सिरिज न्युजिल्याण्ड ले क्लीन स्विप गरेको छ यो संगै न्युजिल्याण्ड आईसीसी टेष्ट वरीयतामा शीर्ष स्थानमा समेत उक्लेको छ । न्युजिल्याण्ड इतिहासकै पहिलोपटक टेष्ट वरीयतामा शिर्ष स्थानमा पुगेको हो ।

अहिले टेष्ट वरीयतामा न्युजिल्याण्डको ११८ रेटिङ छ यो संगै ११६ रेटिङ रहेको अष्ट्रलियाले दोस्रो स्थानमा झरेको छ । पाकिस्तान विरुद्धको दोस्रो टेष्ट एक इनिङ्स र १७६ रनले जित्दै न्युजिल्याण्ड सिरिज आफ्नो पक्षमा पारेको हो ।

केल जेमिसनले उत्कृष्ट बलिङ गर्दै एक्लैले ६ विकेट लिएपछि पाकिस्तानलाई दोस्रो इनिङ्समा १८६ रनमा अलआउट गर्दै न्युजिल्याण्ड चौथो दिनमै विजयी भएको हो । हिजो को ८/१ बाट चौथो दिनको खेल अघि बढाएको पाकिस्तानले थप १७८ रन जोड्दै बाकी ९ विकेट गुमायो । पाकिस्तानका लागि अजर अली र जफर गोहरले समान ३७ रन बनाए । यस्तै फहिम अस्रफले २८ र अबिद अलीले २६ रन जोडे ।

पाकिस्तानलाई अलआउट गर्न न्युजिल्याण्डका केल जेमिसनले २० ओभरमा ६ मेडन राख्दै ४८ रन खर्चेर ६ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले ३ विकेट लिए । भने कप्तान केन विलियम्सनले १ विकेट लिए । दोश्रो टेस्ट मा समग्रमा ११ विकेट लिने केल जेमिसन म्यान अफ द म्याच घोषित हुदा कप्तान केन विलियमसन म्यान अफ द सिरिज भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments