आइ.पि. यल टिम किङ्स इलेभेन पन्जाब को नाम परिबर्तन

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को टिम किंग्स इलेभेन पन्जाबले ले आफ्नो टिम को नाम परिवर्तन गरेको छ।

आईपीएलको १४ औं सिजन यहि अप्रिलको दोश्रो साता देखि सुरु हुँदैछ त्यस अघि टिमले आफ्नो नाम परिवर्तन गर्दै पन्जाब किंग्स मात्र बनाएको हो। भारतीय क्रिकेट बोर्ड (बिसिसिआइ) ले नाम परिवर्तनको लागि मन्जुरी दिईसकेको भारतीय संचार माध्यम ले जनाएका छन ।

हालसम्म टिमको नाम परिवर्तन गर्नुको कुनै कारण बताईएको छैन। टिमले केहि दिनमा मुम्बईमा भब्य कार्यक्रम गर्दै टिमको रि-लन्च गर्ने कार्यक्रम रहेको बताइएको छ । आईपीएलको अक्क्सन १८ फेब्रुअरीबाट चेन्नाईमा सुरु हुँदैछ जसमा अब यो टिम पन्जाब किंग्सको रुपमा सहभागी हुनेछ।

पन्जाब किंग्सको मालिक चर्चित बलिवुड अभिनेत्री प्रिती जिन्टा रहेकी छन । आईपीएलमा पछिल्लो पटक नाम परिवर्तन गर्ने टिम दिल्ली क्यापिटल्स रहेको थियो । उक्त टिम ले २०१८ को सिजन देखि दिल्ली डेयर डेभिल्स नाम परिबर्तन गरि दिल्ली क्यापिटल्स राखेको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments