लियोनेल मेसी बार्सिलोनामै बस्ने

लियोनल मेस्सी बार्सिलोनामा नै बस्ने निस्चित भएको छ । बार्सिलोना र ला लिगाले उनलाई लाने कुनै क्लबले ७ सय मिलियन युरोको क्लज नतिरी भित्र्याउन नपाउने बताएसँगै मेस्सी आउने सिजनका लागि बार्सिलोनामै बस्न लागेका हुन् । मेस्सी बार्सिलोना छोडेर जाने समाचार बाहिर आएसँगै बिश्व फुटबलमा ठूलै हलचल मच्चिदै आएको छ ।
शुक्रबार गोल डट कमसँगको अन्तर्वार्तामा मेस्सीले भने: “म खुशी थिएन र म छोड्न चाहन्थे। मलाई कुनै पनि हिसाबले अनुमति दिइएको छैन र कानुनी विवादमा नपर्न म क्लबमा बस्छु। बार्तोमेउको नेतृत्वमा क्लबको व्यवस्थापन विपत्ति हो। ”


मेस्सीले कहिले छोड्न सक्छन ?
यस चरणमा, उनी क्लबमा अर्को जून महिना सम्म रहन सक्छन , र त्यसपछि उन्को करार समाप्त भएपछी उनी स्वतन्त्र एजेन्ट हुनेछन । यसले उनलाई म्यानचेस्टर सिटी, पिएसजी वा कुनै अन्य क्लबमा हस्ताक्षर गर्ने अवसर प्रदान गर्नेछ ।


0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments