चेल्सी सात बर्ष पछि च्याम्पियन्स लिग को सेमिफाइनलमा

ईंग्लिश क्लब चेल्सी सात बर्ष पछि च्याम्पियन्स लीग को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगिज क्लब पोर्टो संग १-० को हार को बाबजुद समग्रमा २-१ को जित हात पार्दै चेल्सी ले सेमिफाइनल को यात्रा तय गरेको हो । स्पानीस क्लब सेभिल्ला को घरेलु मैदानमा भएको दोश्रो लेग मा पोर्टो ले खेलको अतिरिक्त समय मा एक गोल गरेको थियो तर उक्त गोल पोर्टो लाई जित को लागि पर्याप्त भएन । सन २०१४ को सिजन पछि चेल्सी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । अब सेमिफाइनलमा चेल्सी को भेट रियल म्याड्रीड अथवा लिभरपुल मध्य एउटा क्लब संग हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments