नेपाल नेदरल्यान्ड र मलेसिया बिच त्रिकोणात्मक सिरिज हुने

कोरोना महामारी पछि नेपाल ले आफ्नै घरेलु मैदानमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यान को आयोजना मा नेपाल, मलेसिया र नेदरल्यान्डबीच त्रिकोणात्मक क्रिकेट शृङ्खला हुने भएको हो । त्रिवि क्रिकेट मेदानमा तीन देश बीचको खेल अप्रिल १७ देखि २४ सम्म हुनेछ । क्यानका एक उच्च अधिकारी ले बताए अनुसार प्रतियोगिता त्रिवि क्रिकेट मैदानमा हुने छ । यस अघि तय भएका आईसीसी डिभिजन–२ का खेलहरु नहुने भएपछि क्यानले त्रिकोणात्मक क्रिकेट गर्न लागेको हो ।

प्रतियोगिता टी–ट्वान्टी फर्म्याटमा हुनेछ । प्रत्येक टोलीले दुई–दुई टी–ट्वान्टी खेल खेल्ने छन भने शीर्ष दुई टोलीले फाइनल खेल्नेछन । नेपालको खेल हुँदा २ः१५ मा खेल सुरू हुनेछ भने मलेसिया र नेदरल्यान्ड बिचको खेल हुँदा १२ः१५ बाट सुरू हुने क्यान स्रोतले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments