१० बर्षपछि चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

ईंग्लिश क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

सेमिफाईनलको दोस्रो लेगको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–० ले पराजित गर्दै चेल्सी १० बर्ष पछि फाईनल प्रवेश गरेको हो ।

प्रिमियर लिग क्लब चेल्सी समग्रमा ३–१ को नतिजा सहित फाईनल प्रवेश गर्यो ।

दोस्रो लेगको खेलमा चेल्सीलाई जित दिलाउन टिमाे वार्नर र मासन माउण्टले एक एक गोल गरे ।

काइ हभार्ट्जको प्रहार पोस्टमा लागेर फर्किदा वार्नरले २८ औं मिनेटमा हेडमार्फत चेल्सीलाई अग्रता दिलाएका थिए ।

खेल सकिन ५ मिनेट अघि माउन्टले चेल्सीका लागि दोस्रो गोल गरे । पुलिसिकले डिबक्स भित्र उपलब्ध गराएको चलाखीपूर्ण पासमा रियल का डिफेन्डर लाइ जिल्ल पार्दै माउन्टले गोल गरेका थिए । अब फाइनलमा चेल्सी को भेट अर्को ईंग्लिश क्लब म्यान्चेस्टर सिटी संग हुने छ । फाइनल टर्की को राजधानी इस्तानबुल मा हुने छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments