इङलिस प्रिमियर लिगमा आज ठुला क्लब म्यान्चेस्टर युनाइटेड, चेल्सी र एभर्टन भिड्ने

इङलिस प्रिमियर लिग नयाँ सिजनको तेस्रो हप्तामा आज ठुला क्लब म्यान्चेस्टर युनाइटेड, चेल्सी र एभर्टन भिड्ने छन्।

शनिबार हुने पहिलो खेलमा बेलुकी ५:१५ बजे ब्राईटनले म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ। लिगको पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड क्रिस्टल प्यालेससित पराजित भएको थियो। आजै बेलुकी ७:४५ बजे हुने दोस्रो खेलमा क्रिस्टल प्यालेसले एभर्टनको सामना गर्नेछ। एभर्टन र क्रिस्टल प्यालेसले दुई खेलमा सतप्रतिशत जित निकालेकाछन्।

चेल्सीको सामना गर्नेछ। खेल नेपाली समय अनुसार राती १०:१५ बजे हुनेछ। चेल्सीले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। वेस्ट ब्रोम भने लिगको दुवैखेलमा पराजित हुँदै पुछारमा रहेको छ। अर्को खेलमा राती १२:४५ बजे बर्नलीले साउथह्याप्टनको सामना गर्नेछ। दुवै टोलिले लिगमा खाता खोल्न सकेका छैनन्। सबै खेलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्सले गर्नेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments