म्यान्चेस्टर युनाईटेड को रबाफिलो जित

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल सेमिफाइनलको पहिलो लेगमा सानदार जित हात पारेको छ ।

आफ्नो घरेलु मैदानमा बिहीबार राति भएको पहिलो लेगमा युनाईटेडले इटालियन क्लब रोमालाई ६-२ गोल अन्तरले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र एडिन्सन काभानीले दुई दुई गोल गरे भने पाउल पोग्बा र मासोन ग्रीनउडले एक एक गोल थपे ।

ओल्ड ट्राफोर्डमा नवौं मिनेटमा फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।

तर, १५ औं मिनेटमा लोरेन्जोले पेनाल्टीमा गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा ल्याए ।

३४ औं मिनेटमा डेज्कोले गोल गरेपछि पहिलो हाफमा रोमा २-१ ले अघि रह्यो ।

खेलको ४८ औं मिनेटमा काभानीले गोल गर्दै युनाईटेडलाई २-२ को बराबरीमा ल्याए ।

६४ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३-२ को अग्रता दिलाए ।

खेलको ७१ औं मिनेटमा फर्नान्डेजले पेनाल्टीमा गोल गरेपछि युनाईटेड ४-२ ले अघि रह्यो ।

७५ औं मिनेटमा पोग्बाले गोल गरेपछि युनाईटेडले ५-२ को अग्रता बनायो ।

त्यसपछि खेलको ८६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाईटेडलाई ६-२ को सानदार जित दिलाए ।

जितसँगै युनाईटेडले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

रोमालाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।

रोमाको घरेलुु मैदानमा हुने दोस्रो लेग मे ७ मा हुनेछ । यस्तै सेमिफाइनल अन्तर्गत कै अर्को खेलमा स्पानीस क्लब भिल्लारियल ले ईंग्लिश क्लब आर्सनल लाई २-१ ले पराजित गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments