पाकिस्तानको जीतमा चम्किए हाफिज
अन्तिम टि-२० मा घरेलु टिम इंग्ल्यान्डलाई ५ रनले पराजित गर्दै पाकिस्तानले तिन टि-२० को सिरिज १-१ को बराबरीमा अन्त्य गरेको छ।
पहिलो टि-२० वर्षाका कारण नतिजाविहिन रहेपछि दोश्रो टि-२० मा इंग्ल्यान्ड ५ विकेटले विजयी भएको थियो। यो संगै इंग्ल्यान्डले लगातार ६ वटा टि-२० सिरिज जित्ने चाहनामा पाकिस्तान बाधा बनेको छ। यस अघि टेस्ट सिरिजमा भने इंग्ल्यान्ड १-० ले विजयी भएको थियो।
ओल्ड ट्राफोर्ड, म्यानचेस्टरमा सम्पन्न खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले २० ओभर ब्याटिंग गर्दै ८ विकेट गुमाएर १८५ रन बनाउन सकेको हो।
हफिजको अर्को उत्कृस्ट इनिंग, चुनिए प्लेयर अफ द सिरिज
यस अघि टस हारेर ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १९० रन बनाएको थियो।
पहिलो खेलमा ६९ रन बनाएका हफिजले दोश्रो खेलमा पनि उत्कृस्ट ब्याटिंग गर्ने क्रममा अविजित ८६ रन बनाए। त्यसक्रममा उनले ५२ बलमा ४ चौका र ६ छक्का हिर्काए। यस्तै टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हैदर अलिले अर्धशतक बनाउने क्रममा ३३ बलमा ५४ रन बनाए जसमा ५ चौका र २ छक्का सामेल थियो। डेब्यु टि-२० अन्तर्राष्ट्रियमा पाकिस्तानि ब्याट्सम्यानको यो पहिलो अर्धशतक हो।
ओपनर फखर जमान १ रन तथा कप्तान बाबर आजम २१ रन बनाएर आउट भएपछि हैदर र हजिफ बीच तेश्रो विकेटको रुपमा १०० रनको साझेदारी भएको थियो। हैदरको विकेट पछि हफिजले शदाब खान ( १५ रन ) संग चौथो विकेटको लागि ४५ रनको साझेदारी गरे।
इंग्ल्यान्डको बलिंगमा क्रिस जोर्डनले २ ( ४-२९-२ ) तथा मोइन अलि ( १-१०-१ ) र टम करन ( ४-३२-१ ) ले समान १/१ विकेट लिए।
खेलको प्लेयर अफ द म्याच र सिरिज दुवै मोहम्मद हफिज चुनिए।
इंग्ल्यान्डले अब अस्ट्रेलियासंग सेप्टेम्बर ४ देखि टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ। सेप्टेम्बर ४, ६ र ८ मा तिन वटा टि-२० सिरिज पछि दुइ देशले सेप्टेम्बर ११, १३ र १६ मा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछैन।
