टि- टेन लिग मा सोमपाल कामी को उत्कृष्ट बलिङ

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली फास्ट बलर सोमपाल कामिले ले उत्कृष्ट बलिङ गरेका छन। सोमपाल ले डेक्कन ग्लाडियटर्स विरुद्ध २ ओभर बलिङ गर्दै मात्र १२ रन खर्चंदै २ महत्त्वपूर्ण विकेट लिन सफल भए । टिम को छैटौं ओभरमा बलिङ गर्न आएका उनले पहिलो ओभरमा मात्र २ रन खर्चंदै २ विकेट लिएका थिए । त्यसपछि आफ्नो दोश्रो ओभरमा १० रन खर्चिए । सोमपाल को उत्कृष्ट बलिङ को बाबजुद शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर फिल्डिङ रोजेको उनको टिम मराठा अबबियन्स लाई डेक्कन ग्लाडियटर्स ले १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अरबियन्स का सोमपाल बाहेक अरु बलरहरु निकै खर्चिलो हुन पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments