बाग्मती द्वारा नेपाल पुलिस क्लब सात विकेट ले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट अन्तर्गत टि यु क्रीकेट मैदानमा सम्पन्न खेल मा बाग्मती प्रदेश ले नेपाल प्रहरी लाई सात विकेट ले पराजित गरेको छ । ११२ रन को सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको बाग्मती ले ३४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेटायो ।

बाग्मती को जित मा पृथु बास्कोटा ले सर्बाधिक ४८ रन बनाए भने इशान पान्डे ले १७ रनको योगदान दिए । कुनै समयमा ३५ रन मा ३ विकेट गुमाएर धर्मराएको बाग्मती को इनिङ लाई पृथु र इसान ले अबिजित ८४ रन को सानदार साझेदारी गर्दै जित दिलाउन सफल भए ।

यस अघि टि यु क्रीकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिस २८ ओभरमा सबै विकेट गुमाउदै मात्र १११ रन मात्र बनाएको थियो । उसको लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेख ले समान २१ /२१ रन बनाउन बाहेक अरु ले खासै राम्रो प्रदर्शन गर्न सकेनन ।

पुलिस को इनिङ धोस्त गर्न बाग्मती का नन्दन यादब र तिलक भण्डारी ले समान ४/४ विकेट हात पारे भने रामनरेश गिरि ले २ विकेट लिएका थिए । यस्तै अहिले मुलपानी क्रीकेट मैदानमा नेपाल आर्मी र कर्णाली प्रदेश को बिच खेल जारी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments