म्यानचेस्टर युनाइटेडलाई हराउदै भिल्ला रियललाई युरोपा लिग उपाधि

प्रिमियर लिग क्लव म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै भिल्ला रियलले पहिलो पटक युरोपा लिग जितेको छ ।

पोल्याण्डमा भएको खेलको निर्धारीत ९० मिनेट र थपिएको ३० मिनेटमा दुबै टिमबाट एक- एक गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीअघि २९औँ मिनेटमा भिल्ला रियलले खेलमा अग्रता बनाएको थियो । उसका लागि जेरार्ड मोरेनोले गोल गरे ।भिल्ला रियलविरुद्ध युनाइटेडले ५५औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । उसका लागि इडिन्सन काभानीले गोल गरेका थिए ।

सिमित दर्शकसहित भएको फाइनलको पेनाल्टीमा युनाइटेडले १० वटा प्रहार गर्दा भिल्ला रियलले ११ वटा प्रहार गर्‍यो ।युनाइटेडका गोलरक्षक डेविड डी हेयाले सडेन डेथमा प्रहार गरेको पेनाल्टी भिल्ला रियलका गोलकिपर रुल्लीले बचाएका थिए । लगत्तै रुल्लीले गोल गर्दै टिमलाई च्याम्पियन बनाए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments