मेयर कप मा नेपाल पुलिस को बिजयी सुरुवात
मेयर कप राष्ट्रिय क्रिकेट मा नेपाल पुलिस ले बिजयी सुरुवात गरेको छ । पुलिस ले बाग्मती लाई २ रन ले पराजित गरेको हो । पुलिस ले दिएको ७३ रनको झिनो लक्ष्य पछ्याएको बाग्मती ले २७ ओभरमा सबै विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।
बाग्मती को लागि कप्तान ज्ञानेन्द्र मल्ल ले २२ रन बनाउदा ले आदिल खान ले १० रन बनाए । बलिङ तर्फ पुलिस का दिपेन्द्र सिंह ऐरी ले ४ विकेट लिदा ललित राजबशि ले ३ विकेट लिए । यस अघि मुलपानी क्रिकेट ग्राउन्ड मा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिस २५ ओभरमा ७१ रन मै समेटिएको थियो ।

वेट आउट फिल्ड ले गर्दा ढिला गरि सुरु भएको खेलमा पुलिस का कुनैपनी ब्याट्सम्यान ले खुलेर ब्याटिङ गर्न सकेनन । पुलिस का कप्तान मन्जित श्रेष्ठ ले १५ तथा अनिल साह, सुनिल धमला र दिलिप नाथ ले १०/१० रन बनाउनु बाहेक अरुले दोहोरो रन बटुल्न सकेनन ।
पुलिस को इनिङ धोस्त पार्न बाग्मती का ओरियो पौडेल ले ४ तथा नन्दन यादव ले ३ विकेट हात पारेका थिए । खेल मा ४ विकेट लिएका दीपेन्द्र सिंह ऐरी म्यान अफ द म्याच भए ।
