फ्रान्क लाम्पार्ड चेल्सी को प्रशिक्षक बाट बर्खास्त

लुटोन टाउन लाई ३-१ हराएको २४ घन्टा नबित्दै इंग्लिस क्लब चेल्सीले फ्रान्क लाम्पार्डलाई मुख्य प्रशिक्षक पदबाट बर्खास्त गरेको छ।
आफ्ना लिजेन्ड खेलाडी लाम्पार्ड प्रशिक्षक नियुक्त भएको १८ महिना मा नै बर्खास्तगीमा परेका हुन्।

यो सिजन खराब लय बाट गुज्रिरहेको चेल्सी प्रिमियर लिगको नवौं स्थानमा रहेको छ ।
गत साता चेल्सीलाई लेस्टर सिटीले पराजित गरेको थियो। उक्त खेल पछि नै लाम्पार्ड बर्खास्ती मा पर्ने हल्ला चल्दै आएको थियो ।

जुलाई २०१९ मा मौरिसियो सारीलाई बर्खास्त गरेर चेल्सीले आफ्ना पूर्वखेलाडी फ्रान्क लाम्पार्डलाई मूख्य प्रशिक्षक बनाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments