पहिलो एकदिबसिय मा अष्ट्रेलिया को सानदार जित

वेस्ट इन्डिज विरुद्ध को पहिलो एकदिबसिय क्रिकेट मा पाहुना टोली अष्ट्रेलिया ले सानदार जित हात पारेको छ । उसले वेस्ट इन्डिज लाई १३३ रनको फराकिलो अन्तर ले पराजित गरेको हो । डि एल म्याथोड द्वारा २५७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्ट इन्डिज २६ ओभरमा मात्र १२३ रनमा समेटियो । उसलाई सस्तैमा समेट्न अष्ट्रेलिया का मिचेल स्टार्क ले ५ विकेट तथा जोश हेजलवुड ले ३ विकेट हात पारे । यस अघि टस हारेर पहिलो ब्याटिङ गरेको अष्ट्रेलिया ले ४९ ओभरमा ९ विकेट गुमाउँदै २५२ रनको मध्यम योगफल तयार गरेको थियो । अष्ट्रेलिया को लागि कप्तान एलेक्स क्यारी ले सर्बाधिक ६७ रन तथा एस्टन टर्नर ले ४९ रन बनाएका थिए । अब दोस्रो एकदिबसिय २३ जुलाइ मा हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments